FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

नलगाड नगरपालिका एक संक्षिप्त परिचय
नलगाड नगरपालिका नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित सुन्दर पहाडी नगरपालिका हो । नेपाल सरकारको घना वस्ती भएको क्षेत्रहरुलाई जनसंख्याको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न वनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.स. २०७३ सालमा स्थापना भएको हो ।  जाजरकोट जिल्ला प्रदेश नम्बर ६ को एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा रहेका ३ वटा नगरपालिका र ४ गाउँपलिका सहित जम्मा ७ स्थानिय निकाय रहेका छन् । यस नगरपालिकाको संरचना साविकका डाँडागाउँ लहँ खगेनकोट रग्दा र भगवती गा.वि.स. लाई मिलाएर  नलगाड खाेलाको नामबाट नामाकरण गरी नगरपालिकाको नाम नलगाड नगरपालिका रहन गएको हो । यस नगरपालिकाको क्षेत्रफल ३८७.४४ व.कि.मि. रहेको छ । जुन जाजरकोट जील्लामा रहेका नगरपालीका मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालिका हो  । यहाँको कुल जनसंख्या २५,५९७ रहेको छ । यस नगरपालिकामा जम्मा १३ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको केन्द्र साविक खगेकोट गा.वि.स. को कार्यालय रहेको छ भने सीमाना पूर्वमा रुकुम जिल्ला, पश्चिममा कुसे गा.पा., उत्तरमा बारेकोट गा.पा. र डोल्पा जिल्ला रहनुको साथै दक्षिणमा भेरी नगरपालिका रहेको छ ।

//